मानव सेवा आश्रमलाई कम्बल सहयोग

नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बाँकेले मानव सेवा आश्रममा कम्बल सहयोग गरेको छ ।

केन्द्रले आश्रमलाई ५० थान कम्बल सहयोग गरेको हो । चिसोका कारण आश्रममा रहेका असहाय व्यक्ति प्रभावित भएपछि केन्द्रले आश्रम सञ्चालकसँग सल्लाह गरी कम्बल वितरण गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आश्रम सञ्चालक सिर्जना ओलीलाई कम्बल हस्तान्तरण गर्नुभयो ।

प्रजिअ खत्रीले घर, परिवार र आफन्त नभएका तथा सडकपेटीबाट उठाएर ल्याएका व्यक्तिलाई सहयोग गर्नु सबै भन्दा ठूलो धर्म भएको बताउनुभयो ।

केन्द्रका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कम्बल हस्तान्तरण कार्यक्रममा बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष राठौर, हुलाकका प्रमुख गोविन्द पाण्डे, औद्योगिक क्षेत्रका व्यवस्थापक कृष्ण पुन, व्यापारी अगुवा कृष्णप्रसाद श्रेष्ठ, विष्णु मैनालीलगायतको उपस्थिति थियो ।

आश्रममा ३३ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !