रामनगर पाँझा पीसीसी सडककाे शिलान्यास


डुडुवा – बाँके डुडुवा गाउँपालिकाले सबै भन्दा ठूलो सडक योजना कार्यन्वयनमा ल्याएको छ । गाउँपालिकाको अति विकट क्षेत्र मानिने रामनगर पाँझा पीसीसी सडक निर्माण कार्यकाे शुरु भएको हो ।
सडक निर्माण पश्चात गाउँपालिकाको वडा नंं. २ अन्र्तगत डुडुवा नालापारी रामनगर, पाँझा, चौफेरी, कृषि चौफेरी, वोर्डर चौफेरी, छिटाईपुर्वाका करिब साढे तीनसय बढी घरधुरी र नरैनापुर गाउँपालिका केही गाउँका मानिसहरु प्रत्यक्ष लाभ लिनेछन् भने खेतबारी गर्नेहरुका लागि पनि सहयोग पुग्नेछ ।
सडकको अभावमा अहिले त्यस क्षेत्रका करिब ६ गाउँका नागरिकहरुलाई आवत जावतका लागि निकै सास्ती हुंदै आएको छ । विशेषगरि वर्षाको समयमा बाढी र डुबानका बेला कच्ची सडकका कारण निकै समस्या हुंदै आएको छ । सडकको अभावमा विरामीलाई सदरमुकाम ल्याउन पनि समस्या रहेको छ ।
डुडुवा गाउँपालिका वार्ड नंं. २, अमृतपुर्वादेखि रामनगर पांझासम्म साढे तीन किलोमिटर पीसीसी सडकको आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्नुभयो । शिलान्यास गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाको विकट क्षेत्रबासीका लागि आवत जावतमा सजकताका लागि ठूलो समस्या रहेकाले यो सडक निमार्णपछि ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाकै अति दुर्गम र वाढी डुबानबाट पीडितको सहजकताका लागि सिधा सम्र्पक जोड्न सडक निर्माण कार्य शुरु भएको भन्दै सडक निर्माणपछि त्यहांका मानिसलाई सहजता प्रदान गर्ने बताउनुभयो ।
साढे तीन किलोमिटर पीसीसी सडकसंगै एक वटा कच्वे, १५ वटा कल्भर्ट निमार्णको कार्य शुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सुरेन्द्र कुमार बर्माले बताउनुभयो । उहाँका अनुसार नारायाणम निर्माण सेवा प्रालिले ६ करोड ९ लाख २२ हजार ६ सय २७ रुपैयाको लागतमा सो सडक निमार्ण गर्नेछ ।
डुडुवा गाउँपालिकाका प्राय सबै वडा बाढीप्रभावित क्षेत्र रहेकाले त्यहांका अधिकास सडक पीसीसी नै उत्तम मानिएकाले सबैजसो सडक पीसीसी नै निर्माण गरिएको पालिकाका प्राविधिक शाखाका ओभरसिएर मदनेश्वर झाँले बताउनुभयो । उहाँका अनुसार पालिकामा निर्माण भएका अधिकाँस सबै सडकहरु पीसीसी गरिएको छ, भने यो सडक बाढी र डुबान क्षेत्रमा कालोपत्रे भन्दा पनि भरपर्दो रहेकोले उत्तम मानिएको हो ।

 


error: यो सुविधा उपलब्ध छैन !