माघ २७ र २८ गते ‘टुर डे ठाकुरद्वारा’

नेपालगञ्ज – माघ २७ र २८ गते ‘टुर डे ठाकुरद्वारा’ आयोजना हुने भएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लबले हरेक बर्ष टुर डे ठाकुरद्वारा आयोजना गर्दै आएको छ । यो पाँचौं संस्करण हो ।

क्लबका अध्यक्ष सतिश निरौलाले टुर डे ठाकुरद्वारालाई भब्य रुपमा सम्पन्न गर्नका लागि तयारी थालिएको जानकारी दिनुभयो । क्लवले कोरियनपुरमा सचिवालय स्थापना गरिसकेको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले एक समारोहका विच टुर डे ठाकुरद्वाराको सचिवालय उद्घाटन गर्नु भएको थियो ।

बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि क्लवले टुर डे ठाकुरद्वारा गर्दै आएको सचिव प्रदीप सापकोटोले बताउनुभयो । टुर डे ठाकुरद्वारामा भारतका विभिन्न शहर र नेपालका सातै प्रदेशबाट साइक्लिष्टहरु आउने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !