दिवाकरकाे पाेष्टरमाथि ईस्तियाककाे स्टीकर टांसेपछि…
नेपालगञ्ज – बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसदका उम्मेदवार दिवाकर शर्मा खनालकाे पाेष्टरमाथि जसपाका माेहम्मद ईस्तियाक राईकाे स्टीकर टांसिएपछि खनालले विराेध गरेका छन् । यद्यपि याे कसले टांस्याे भन्ने खुलेकाे छैन ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशैभर माहोल तातिएको बेला यस्ता हर्कत हुन थालेका छन् ।
यति बेला बाँकेको क्षेत्र नं. २ लाई अन्य निर्वाचन क्षेत्र भन्दा बढी चासोले हेर्ने गरिएको छ । उम्मेदवारले आफ्नो पक्षमा चुनावी माहोल बनाउन आफ्ना प्रतिबद्धता पत्र सहित शहर र गाँउमा निकै कसरत गरिरहेका छन् ।
निर्वाचन आयोगको कडा निगरानीका बाबजुद चुनावी माहोल तातिएसंगै यस क्षेत्रमा एक उम्मेदवारले अर्को उम्मेदवारको पर्चामाथि अाफ्ना कार्यकर्ता लगाएर स्टिकर टांस्न लगाउने गतिबिधि बढेको देखिएकाे छ । यस अघि पनि यस्ताे कुरा बाहिर अाएकाे थियाे ।
उम्मेदवार खनालले चुनावी अभियान र प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी स्टीकर टांसिएकाे प्रति खेद प्रकट गरेका छन् ।