पूर्व क्रिकेटर थापा जनता समाजवादीमा प्रवेश

नेपालगञ्ज – कुनै बेला लाराका नामले चर्चित नेपालगञ्जका क्रिकेटर अरूण थापा जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको कार्यकालमा नेपालगञ्जको उपमेयर भइसकेका थापा औपचारिक रूपमा जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए।

थापासहित विभिन्न पार्टी परित्याग गरेर आएका युवालाई जनता समाजवादी पार्टीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए। सो अवसरमा राईले नेपालगञ्जको विकासप्रति लगाव राख्ने युवाहरु जनता समाजवादी पार्टीप्रति आकर्षित भएको बताए ।

नेपालगञ्जमा क्रिकेट खेलको विकासमा थापाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै राईले आफूले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।


error: यो सुविधा उपलब्ध छैन !