दुई सडकको काम शुरु
नेपालगञ्ज – जमुनाहा नाकादेखि राँझासम्मको सडक अस्फाल्ट ओभर योजना र पुष्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम शुरु भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार, अस्फाल्ट ओभर योजना करिब २४ करोड लागतमा सम्पन्न हुँदैछ ।
भौतिक योजना तथा यातायात मन्त्री हुँदा मो. इस्तियाक राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए। त्यो बेला चुनावलाई ‘टार्गेट’ गर्दै शिलान्यास भएको भन्दै कतिपयले विरोध गरेका थिए ।
आफू मन्त्री हुँदा शिलान्यास गरिएका सबै आयोजनाका कामहरु चाडै नै सुचारु हुने राईको दावी छ । राई अहिले बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार छन् । उनले प्रतिस्पर्धीलाई विकासमा बहस गर्न चुनौती दिदै आएका छन् ।