नेपालगञ्जमा माओवादीलाई छोड्न भनिरहेका छौं : डा. महत

नेपालगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन भएपनि धेरै ठाउँमा उम्मेदवारमा समस्या देखिएको बताएका छन् ।

प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले समस्या देखिएका ठाउँमा मिलाउने प्रयास भइरहेको बताए ।

बाँकेको क्षेत्र नं. २ को प्रदेश ख मा कांग्रेसको भागमा परेको भएपनि माओवादी केन्द्रले उम्मेदवार उठाएको छ । त्यस्तै, क्षेत्र नं. ३ को प्रदेश क मा माओवादीमा देखिएको विवादले दुई जना उम्मेदवार खडा हुँदा कांग्रेसले कसलाई मत हाल्ने अन्योल रहेको छ । डा. महतले दुवै ठाउँमा मिलाउने प्रयास भइरहेको जानकारी दिए । नेपालगञ्जमा माओवादीलाई छोड्न आग्रह गरिरहेको जानकारी दिएका महतले क्षेत्र नं. ३ को कमा माओवादीले जसलाई आधिकारिक मान्छ उसलाई मत हालिने बताए ।

प्रवक्ता महतले गठबन्धन दिने र लिने भएको र संविधान रक्षा, स्थिरता र समृद्धका लागि बनेको जिकिर गरे ।


error: यो सुविधा उपलब्ध छैन !