किस्मतलाई ब्रम्हचारी बाबाको आशीर्वाद


नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपतिलाई ब्रम्हचारी श्री बाबा मजाकी दासले जीतको आशीर्वाद दिएका छन् । जनतासंग भेटघाट र घरदैलोमा रहेका उम्मेदवार कक्षपतिलाई क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ५, दलईपुरमा रहेका बाबाले आशीर्वाद दिँदै जीतको शुभकामना दिएका हुन् । खजुरा ५ को बसन्तपुर, दलइपुर, उढरापुरमा घरदैलो र जनता भेटघाटमा रहेका कक्षपतिलाई त्यहाँ अग्रज र मौलाना तथा मुस्लिम अगुवाले पनि आशीर्वाद दिँदै स्थानीय तह खजुरा गाउँपालिकामा हुँदा गरेको विकास र त्यसअघि सामाजिक संघसंस्थामा रहँदा गरेका विकास तथा समाजसेवाका कामबाट आफुहरु प्रभावित बनेको बताए । स्थानीय चेतनलाल साहुले कक्षपतिले अध्यक्ष हुंदा अाफ्नाे ठाउंमा धेरै विकास गरेकाे बताए । साे क्रममा स्थानीयले ट्रान्सफर्मर जडान, बाँकी रहेका सडकको स्तरोन्ति, कृषि, शिक्षा स्वास्थ्यमा थप विकास गर्दै युवालाई रोजगारी दिलाउन माग गरे । जनताको मागलाई ग्रहण गर्दै उम्मेदवार कक्षपतिले स्वास्थ्यमा अभूतपूर्व परिवर्तन गरिने बताए । उनले क्यान्सर अस्पताललाई देशकै नमूना बनाइने, शिक्षालाई व्यवसायिक शिक्षा शुरु गरिने प्रतिवद्धता जनाए । विकासका लागि स्थानीयलाई ढुक्क हुन भन्दै कक्षपतिले २०७४ देखि पहिले र अहिलेको अवस्था हेरेर आफुलाई मूल्यांकन गर्न आग्रह । आफ्नो क्षेत्र अन्तरगत नौवस्ता औद्योगिक क्षेत्र र खजुरामा निर्माणाधीन औद्योगिक ग्रामको काम सम्पन्न गरी रोजगारी सृजना गरिने उनले बताए । विगतमा संचालित कृषि उद्यमशीला परियोजना संचालनमा ल्याउँदै महिलाहरुलाई रोजगारीमा जोड्ने उनले जोड दिए । कक्षपतिले आफ्नो पाललामा सम्झौता गरिएको ग्रीन सिटीको प्रोजेक्टमार्फत व्यवस्थित शहरका साथै कृषिको दीगोपन र रोजगारीका अवसरहरु सृजना गरिने बताए । सो क्षेत्रमा आफुले शीत भण्डार, औद्योगिक ग्राम, विश्वविद्यालय जस्ता गौरवका योजना संचालनमा ल्याएको भन्दै ती विकास योजना पूरा गरिने कक्षपतिले बताए ।  उनले जब जब एमालेको सरकार बन्छ तब नयाँ कार्यक्रम ल्याउने बताउँदै २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाऔं संचालन भएको, सामाजिक सुरक्षा भत्ताको शुरुवात गरिएको उल्लेख गरे ।

समाजवादीका युवा नेता एमालेमा फर्किए
एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ, बाँकेका अध्यक्षसहित ३ जना युवा एमालेमा फर्किएका छन् । एमालेको नीति विचार र व्यवहार नै आफ्ना लागि उपयुक्त भएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन । युवा संघका अध्यक्ष सुनिल रसाइली, एकीकृत समाजवादीका जिल्ला सदस्य तथा युवा नेता शालिकराम गिरी र बैजनाथ गाउँपालिका कमिटी सदस्य तथा युवा संघका जिल्ला सदस्य अशोक विक सोमवार एमालेमा फर्किका हुन्। उनीहरुलाई प्रदेश कमिटी सदस्य घननाथ खनाल, बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा बाँके जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, जिल्ला कमिटी सचिवालय सदस्य किशोर थापालगायतले स्वागत गरेका थिए ।

error: यो सुविधा उपलब्ध छैन !