लक्ष्मणराज ज्ञवाली : एउटा अबिचलित योद्धा
बर्दिया – विद्यार्थी राजनीतिबाट, कलिलो उमेर मै सामन्ती ब्यबस्था र सामन्ती सस्कारलाई बदल्नु पर्छ र बदल्न सकिन्छ भनेर पञ्चायती ब्यबस्था विरुद्धको सघर्षमा ८ बर्ष लामो कठोर जेल जीवन बिताउनु भएका निष्ठावान राजनीतिज्ञ हुनुहुन्छ, लक्ष्मणराज ज्ञवाली ।
उहाँ नेकपा (एमाले) को केन्द्रिय कमिटी सदस्य, लुम्बिनी प्रदेश सह ईन्चार्ज तथा बर्दिया जिल्ला ईन्चार्ज हुनुहुन्छ । बर्दिया जिल्ला कमिटीको सचीवका रुपमा दुई पटक एमाले बर्दियाको नेतृत्व गर्नु भएका ज्ञवाली अत्यन्त मिलनसार, कुशल सगठक, एक अध्ययनशिल बैचारिक नेता हुनुहुन्छ ।
बिगत लामो समयदेखि बर्दिया मै रहेर बर्दियाको समग्र बिकास कसरी गर्न सकिन्छ भनेर नजिकबाट सूक्ष्म तरिकाले बिश्लेषण गर्नु भएको छ । उर्बर तराईको जिल्ला, इमान्दार मेहनती आदिबासी थारु समुदायको बाहुल्यता रहेको बर्दिया जिल्ला पछाडी परेकोमा सधै चिन्ता र चासोका साथ बिकासमा अभियानमा जोडिने गर्नु भएको छ ।
निकुञ्ज प्रभावित क्षेत्रका जनताको समस्या, कृषि र पर्यटनको बिकास, अम्रेनीदेखि तेलपानी सुर्खेत जोड्ने सडक, उत्तर दक्षिण जोड्ने विभिन्न सडकहरु, बर्दियाको लागि नाका, सिंचाई पूर्वाधार, खानेपानी पूर्वाधार, नदि नियन्त्रण, शिक्षा स्वास्थ्यका समस्याहरु लिएर मन्त्रालय तथा योजना आयोगमा घच्घच्याई रहने नेता हुनुहुन्छ ।
जनतासँगको सम्बन्धलाई सधै सर्बोपरी राख्न रुचि राख्ने, सधै जनता कै बिचमा रहने, अत्यन्त सामान्य र सरल जिवनमा रमाउने एक असल नेताका रुपमा उहाँ परिचित हुनुहुन्छ ।
हालसम्म कुनै पनि राजकिय पदमा नरहेर पनि निरन्तर देशमा भएका ठूल्ठूला राजनैतिक, सामाजिक रुपान्तरणकारी आन्दोलनको अग्र मोर्चामा रहेर नेतृत्व गर्नु भएका एक त्यागी नेताका रुपमा लक्ष्मणराज ज्ञवाली स्थापित हुनुहुन्छ ।
बिकृति, विसंगति, अन्याय र अत्यचारका विरुद्ध सदैब आवाज बुलन्द गर्ने, सबै खाले गलत प्रबृत्तिका विरुद्ध जुध्ने र परिवर्तनका लागि प्रेरित गर्ने एक उत्प्रेरक पनि हुनुहुन्छ ।
नेपालको राष्ट्रिय आकांक्षा तथा पार्टी अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी ओलिले देख्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्न, नेकपा (एमाले) ले बर्दिया जिल्ला, निर्वाचन क्षेत्र नं.१ बाट ज्ञवालीलाई उम्मेदवार बनाएको छ ।