सुबेन्दुले बनाए ७५ रन
नेपालगञ्ज – सुबेन्दु पाण्डेले ७५ रनको योगदान गरेपछि वडा नम्बर ५ ले जीत हासिल गरेको छ ।
शुक्रबार वडा नम्बर ५ ले ३ नम्बर वडालाई १० विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको वडा नम्बर ३ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १९ रन जोडेको थियो । अकरम सिद्धिकीले २७ रन, अब्दुल्लाह अन्सारीले २४ रन र मुजिव अन्सारीले १७ रन बनाएका थिए ।
५ नम्बरका वलर मेराज अन्सारीले ४ विकेट र हसन खानले २ विकेट लिए । मेराजले ४ ओभरमा ३१ रन दिएर ४ विकेट र हसनले ४ ओभरमा २४ रन दिएर २ विकेट लिन सफल भएका थिए ।
जवाफमा वडा नम्बर ५ ले १३ ओभरमा विना विकेटको नोक्सानीमा जित निकालेको थियो । ओपनर सुबेन्दुले ७५ रन र रितेस शाहले ३३ रन बनाएर टोलीलाई जीत दिलाए । म्यान अफ द म्याच सुबेन्दुले ४९ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेशले ३३ बलमा ६ चौका प्रहार गरे । खेलमा मेराजले म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।
अर्को खेलमा १५ नम्बर वडाले २ नम्बर वडालाई १ सय ६ रनले हराउन सफल भयो । टस जितेर ब्याटिङ गरेको १५ नम्बर वडाले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७८ रन बनाएको थियो । टोलीका लागि बिपिन कुमार साहुले ६३ रन, प्रवेज राइले २७ रन र मोहम्मद सुजत हुसेनले २६ रन जोडे । बिपिनले ५३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । २ नम्बर वडाका करन केसी र सुरेन्द्र कुमार बैश्यले समान २ विकेट लिए । जवाफमा २ नम्बरले १६.४ ओभरमा ७२ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि गणेश सिहले १२ रन, अमर लाल श्रेष्ठ र सुरेन्द्र कुमार वैश्यले समान ११ रन बनाएका थिए । १५ नम्बरका अज राजा राईले ४ विकेट र शंकर कुमार मिश्राले ३ विकेट लिए । खेलमा बिपिन कुमार साहु म्यान अफ द म्याच र राजा राईले म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।