डियर फेब्रुअरी : अनि सम्बन्धका तानाबुना
बसन्त शर्मा (काठमाडौं), एरिज ग्रोबयाल (नयाँ दिल्ली) – फेब्रुअरीको चिसो मौसम, प्रेमिल महिना फेब्रुअरी, प्रेममा नयाँ सम्बन्धको सूत्रपात गराउने महिना पनि हो फेब्रुअरी । जुलियन र जर्जियन क्यालेण्डरमा दोस्रो छोटो महिना हो यो । रोमन महिना फेब्रुअरिस र ल्याटिन शब्द फेबु्रअम कै एउटा रुप हो पनि भन्छन् कतिपयले फेबु्रअरी महिनालाई । यसलाई शुद्धताको महिना पनि भनेर भन्ने गर्छन् पश्चिममा । पर्पल महिना पनि हो यो । भ्यालेनटाइन्स डे पनि यतै कतै पर्छ क्यारे । तर भ्यालेनटाइन डेमा तपाई कसैलाई प्रेम प्रस्ताव गर्दै हुनुहुन्छ र पर्पल रंगमा केही संकेत आउँछ भने तपाईको प्रस्ताव उनलाई स्वीकार्य छैन बुझ्न जरुरी छ है । अनि वसन्त ऋतुको आगमन पनि फेब्रुअरी कै बाटो भएर आउँछ ।
कतै त नन् भाइलेन्स सिजन भनेर पनि फेब्रअरीलाई मान्छन् । तर नेपालमा अक्सर राजनीतिका आन्दोलन हुने अवधि हो यो । फेबु्रअरीको पहिलो दिन ब्रेकफाष्टमा आइसक्रिमका लागि पनि चर्चित छ । कतारमा काम गरिरहेका नेपाली कामदारलाई फेब्रअरी ११ मा नेशनल स्पोर्टस डे पर्छ भनेर के मतलव, जब की कतारमा त्यो दिन खेलको मज्जा खुबै लिन्छन् स्थानीयहरु । मित्र देश श्रीलंकाको स्वतन्त्रता दिवस पनि फेब्रअरीमा नै पर्छ, जहाँ बुद्धिष्टहरुको बाक्लो उपस्थिति छ । औषधि गर्न नपाएर हजारौं नेपालीले ज्यान गुमाउने विश्व क्यान्सर दिवस पनि यही महिनामा पर्ने गर्छ ।
सम्बन्धका कुरा गर्दा केही सम्बन्धहरु सदाबहार हुन्छन् । अधिकाशं समय मानिस सम्बन्धकै सेरोफेरोमा चक्कर काटी रहन्छ । चाहे ती पे्रमी र प्रेमीकाको होस् वा पति पत्नीको या फेरी आमा बाबुको सन्तानसँगको, छुट्टिएका र भेटिएका अक्सर सबैको । कुरा सम्बन्धका तानाबुनाको हो । अक्सर सम्बन्धकै कारणले मानिस अहिले आहत पनि छ, खुसी पनि छ । कतै दोधारमा छ त कहीं मझधारमा पनि । समाजमा सम्बन्धका पर्खालहरु निकै अग्ला छन् । कतिपय भत्काउन जरुरी छ त कतिपय निर्माण गर्न । जसलाई कुनै पनि भूँइचालोले दरार नपारोस् ।
फेब्रुअरीको एका विहानै अपरिचित मोबाइल नम्बरबाट अनुरागलाई कल आउँछ :
कलर : हेल्लो, हु इज देयर ?
रिसिभर : इट्स मि अनुराग ।
कलर : अह् ! क्यान वि मिट ?
रिसिभर : (सेम कोइश्चन फर यू !) हु इज देयर ?
कलर : आएम अनिशा । योर इण्डियन फ्रेण्ड ।
रिसिभर : लिटलबिट कन्फ्युज्ड ! उड यू प्लिज इन्ट्रोड्युस वन्स अगेन इन डिटेल ।
कलर : अरे यार मै अनिशा, आइ थिंक यू फरगेट मि !!!
रिसिभर : ओह ! या..या !! ह्वेर आर यू ? कहाँ हो ?
कलर : (सिक्किमको नेपाली लवजमा) हिन्दी मिसाउँदै हम काटमाण्डु आएको नि त ! तुमसे मिल्ना है । मना मत कर्ना ।
कुनै बेला नयाँ दिल्लीमा अनिशा र अनुराग एउटै घरको बेग्ला बेग्लै प्mल्याटमा बस्ने असल मित्र
हुन् । दुवैकोे कार्यक्षेत्र नयाँ दिल्लीबाट केही पर ग्रेटर नोयडामा रहेको जेपी ग्रिनको सेभेन स्टार रिर्सोट गल्फ कोर्स थियो । उतिबेला भारतमा मोबाइलमा रोमिङ खुब महंगो थियो । संयोगले पालिका मार्केट नजिक अनिशा र अनुरागले एकै दिन उस्तै ब्ल्याकबेरी मोबाइल सेट अनि एयरटेलको सिम किनेका हुन्छन्, रोमिङ महंगो लाग्ने भएकाले अनिशाले सिक्मिको सिम बदल्नलाई अनि अनुराग त झन् इण्डियन सिम पहिलोपटक लिंदै थियो । तर उत्तर प्रदेशमा पर्ने नोयडा र दिल्लीमा रोमिङ थिएन । यो कुरा उत्तर प्रदेशमा मायावतीको पछिल्लो कार्यकाल ताकाको कुरा हो । अहिले मायावती के गर्दै होलिन् दुवैजनालाई कुनै मतलवको विषय रहेन । तर उतिबेला मायावतीको कुरा उत्तर प्रदेशमा साथीहरुबीच दिनमा एक पटक भइ नै रहन्थे ।
अनिशा काठमाडौं घरायसी कामले आएकी हुन् । केही पारिवारिक भेटघाटमा । भद्रपुर विमानस्थल हुँदै अनिशा काठमाडौं आइपुगेकी रहिछन् । पारिवारिक भेट सकेर फुर्सदिली भएकी अनिशाले यहाँका पुराना ठाउँ हेर्ने इच्छा देखाइन् । लण्डनबाट फर्केकी अनिशालाई शहरमा उति रमाउनु थिएन । नयाँ दिल्लीको कर्नाटप्लेसमा बस्दा उनि अनुरागलाई ‘चलो पुरानी दिल्ली घुम्ते हैं’ भन्थिन रे । अनि दुवै पुरानो शिला हलमा फिल्म हेर्ने गर्थे । छुट्टि मिल्दा पुराना भारतका शहरहरु खुवै घुम्थे पनि ।
अनुराग भारतका चर्चित पत्रपत्रिकामा लेख लेख्थ्यो । त्यसैले नयाँ इस्युका बारेमा खोज्न घुम्ने बहाना खोज्थ्यो र अनिशा आर्किटेकको नयाँ आइडिया खोज्थी घुमघामको बहानामा । दुवै घुमन्ते थिए ।
सन् २००९ यता करिव १० वर्ष पछि दुवैजना फेरी भेट भएका थिए तर मित्रता उस्तै पुरानो । धेरै कुरा बदलिएको छ यो एक दशकमा । अनिशा भन्छिन् ‘लोग अक्सर बदल जातें हैं, तुम अब भि जैसे थे वेसै हो ।’ उनको आशय तिमी हेर्दा पनि उस्तै छौ, ब्यवहार पनि उस्तै छ भन्ने खालको थियो । आखिर यस्तो किन र कसरी ? जिन्दगीमा केही बदलाव जरुरी पनि छ नि ।
अनुरागले प्रति उत्तरमा मौन सहमति मात्रै जनाउँछ । प्रश्न गरेको आधारमा भन्ने हो भने त अनिशा आर्किटेक्ट कम पत्रकार वा वकिल नै थिई ।
एक्कासी अनिशाले म्यानमारमा रहेका केही साथीहरुबाट आएका म्यासेज देखाइ अनुरागलाई, ती सबै साथीहरु उतिबेला दिल्लीमा सँगै हुन्थे ।
(कति बर्मेली पनि छन् नेपालमा, त्यसैले १२ तारिक उनीहरुको युनियन दिवस पर्छ भनेर नेपाल आउने बर्मेलीलाई सम्मान गरिदिउँ भ्रमण वर्ष २०२० मा ।)
पाटनको एउटा रेष्टुरेन्टमा कफि र बारा खाँदै उनलाई आफुले बुझे सम्मको काठमाडौें उपत्यकाको बारेमा बुझाँउछ अनुराग । केही पुराना कलात्मक घरहरु देखाउँदै । जो १९९० र २०७२ को भूकम्पमा पनि जोगिएका थिए । दिल्लीमा खाए जस्तो बारा होइन पाटनको ।
पाटनमा आजकाल पनि रेडियो बसजरहेका हुन्छन् । नेपालमा रेडियोले खुबै क्रान्ति ल्याएको छ, १३ तारिक विश्व रेडियो दिवस मनाइदिउँ न त ।
दिल्लीमा अक्सर दही बारा फेमस छ । पाटन घुमी सक्दा अनिशाले धेरै कुरा टिपोट गरी । अनिशा आफै एउटा कुशल आर्किटेक इन्जिनियर छँदै थिइन् । प्रायः गीत गुनगुनाई रहने अनिशाको आर्किटेक्चरले उसको ब्यक्तिगत जिन्दगीमा भने त्यति धेरै आर्किटेकको काम नगरेको बेला बेला उ आफै बताउँथी अनुरागलाई ।
‘लोग रिस्ता बनाकर मुखर क्युँ जातें है ?’ अनिशा फेरी सोध्छे ।
अनुराग भन्छ ‘लोग भि मौसम कि तरहा बदल जातें है ना, इट्स न्याचुरअल । हमे जितना हो सके जल्द लोगके बदलावको एसेप्ट करलेना चाहीए । जैसै मौसमको कर्ते हैं ।’
तर उ केही गम्भिर भएकी थिई ।
अनुरागले औसतमा गरेका कुरा उ ध्यानपूर्वक सुन्दै त थिई तर सोंच मग्न थिई ।
वास्तवमा अनिशा लण्डनबाट डिर्भोस गरेर हिंडेकी रहिछ । आइसल्याण्डमा १८ तारिक श्रीमती दिवस मनाइ रहदा १४ मा यता भ्यालेनटाइन्स डे मनाइसकेका हुन्छौं, हामी पनि ।
विस्तारै अनिशाले सम्बन्धका तानाबुनालाई अनुरागका अगाडी चुरोटको धुवाँँ सँगै छरपस्ट पार्दै थिई । उसले लगातार लगभग १० वटा चुरोट तानिसकेकी थिई ।
२१ तारिकमा मातृभाषा दिवस मनाउँछन विश्वभरी । हामी कहाँ पनि मातृभाषाको प्रभाव बढ्दो छ, संघीयता आएपछि ।
अनिशाले पनि आप्mनोे मातृभाषामा गुनगुनाई –
प्यार करके भी तुझे रोज जो ख्वाबो में मिलें
कल को ऐसा न हो हम खाना खराबो में मिलें…..
राज नवादींका शेर गुनगुनाउँदै उसका आखाँहरुबाट बरबर आँशु झरे ।
आई निड अ टाइड हग डिएर अनुराग । (एज अ फ्रेण्ड) फ्रेण्डली भएरै अनुरागले उसँग दोस्तीको अकंमाल साट्छ । उसले लण्डनको लतमा नभएर दिल्लीको तालमा दिल छुने हग गर्छे । नयाँ दिल्लीमा लण्डन जानु अघि उसले अनुरागलाई भन्थि रे ‘देख्ना एक दिन हम फिर मिलेंगें ।’
विदाइमा उसका लागि दिल्ली एयरपोर्टमा नजाने साथीहरु मध्येको एक अनुराग नै थियो । अनुराग अक्सर रिसिभमा जान्छ तर विदाईमा आफै पनि कसैलाई बोलाउँदैन भने उ अरुको विदाईमा जाने त कुरै थिएन ।
अनि अनुरागले शायर इकबालको एउटा शेर सुनाउँदै भन्छ –
गल्तियों से जुदा तु भी नहीं,
मै भी नहीं, दोनो इन्सान हैं
खुदा तु भी नहीं, मै भी नहीं…..
पता है अनुराग ‘आजकल तो इण्डियाँमे महात्मा गान्धीको भि लोग गाली देने लगे हैं ।’ बदलिने मानिसको स्वभावलाई उसको ठूलो झापट थियो यो ।
अनुरागले झट्ट सोध्छ के लण्डनमा पनि यस्तै गर्छन् त्यहाँको राजसंस्थालाई अनि गान्धीलाई ?
उसले जवाफमा भनि लण्डनमा गान्धीलाई उतिले चिन्दैनन् तर जतिले चिन्दछन् धेरै सम्मान गर्छन्, राजसंस्था प्रति त शीर नै झुकाउँछन् नतमस्तक भएर मानिसहरु । तर पनि त्यहाँका राजकुमारको जोडीले गएको महिना राजपरिवारको उपाधि छाड्ने निर्णय गरेका छन् ।
जबकी अंग्रेजको लण्डनमा गान्धीलाई सम्मान छ तर अंग्रेज धपाउने गान्धीलाई भारतमा गाली बर्सिन थाल्यो । अनि अनुरागले पनि नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको बारेमा सुनाउँछ । आज देशको एकीकरण गर्नेले गाली खाने र देश बाँड्नेहरुले ताली खाने जमाना आयो । अनुराग मन मै बरबराउँछ ।
देखा ‘लोग बदल जातें हैं । फिर तुम बदले क्युँ नही ?’
जवाफमा अनुराग बोल्छ ‘बाल सफेद होने लगें, कुछ दवाइयाँ लेता हुँ, इससे ज्यादा क्या बदल्ना है ?’
अनिशाले एक टकले अनुरागको अनुहारमा हेर्दै भनि ‘तुम अब भि उसिसे प्यार कर्ते हो ना ?’
अनुरागले मौनता साँध्छ । सायद उसले जवाफ पाइ होला ।
केहीबेरको मौनतालाई एकतर्फी रुपले (नेपालमा माओवादी र श्रीलंकामा विद्रोही समूह लिट्टे र राज्यपक्षबीच शान्ति सम्झौता भंग भएको सम्झंदै) भंग गर्दै अनुरागले अहमद फराजको एउटा शेर सुनाउँछ –
खुदको तेरे मेआर से घटकर नहीं देखा
जो छोड गया उसे पलटकर नहीं देखा….
अनिशाले तुरुन्तै फर्काउँछे :
बात तक करनी न आती थी तुम्हें
ये सब हमारे सामने की बात है…….
अनिशा अनुरागलाई प्रश्न गर्छे, पता है ए किसकी शेर है ?
अनुराग : बेसक ए दाग देहल्वीकी जुवानी तुम्हारे आवाजमे है ।
अनिशा जति कुशल आर्किटेक्ट हो उत्तिकै कुशल स्वरकी धनि पनि हो,
ए कलि जब तलक फूल बनकर खिले
इतंजार इंतजार करो…
इंतजार ओ भला क्या करें तुम जिसे बेकरारा बेकरार बेकरार करो..
(लता र महेन्द्र कपुरको आवाज) अनिशाले चुरोटको ठूटो स्ट्ररेमा निमोठ्दै गाउन थाली जसरी मालीले हुर्काएका गुलाव बंगैचामा पस्ने आगन्तुकले निर्दयी भएर निमोठ्छ । त्यही निमोठेको गुलाव लिएर उ प्रेमी बन्दै प्रेमीकालाई समरपित गर्दैै केहीबेरका लागि महान प्रेमी बन्छ ।
सन् १९६६ को हिन्दी चलचित्र आए दिन बहारके मा धर्मेन्द र आशा परेखको जोडी खुब जमेको थियो, यो गीतमा । अनुराग र अनिशाले पुरानो दिल्लीमा रहेको शिला हलमा हेरेको पहिलो फिल्म पनि त्यही थियो रे ।
अनिशाले विस्तारै फेरी सम्बन्धका कुरा अघि सार्न थाली, साँच्चीकै उसले आप्mना सबै सपना कसैसँग बुनिसकेकी भएपनि सम्बन्धमा आएको दरारले उ कमजोर भएकी थिई । लण्डनमा उसले विताएका खुशीका पल भन्दा दुःख र पीडाका क्षणहरु सुनाई अनुरागलाई । अनि पटक पटक सोधी आखिर सम्बन्धहरु यसरी किन कमजोर हुन्छन् अनुराग ?
मानिसको बदलिने स्वभावका बारेमा धेरै कुरा सम्झाउँछ अनुराग । कति त पुस्तकहरुको उदाहरण दिन्छ उ, कति सम्बन्धका विषयमा भएका रिसर्चहरुका कुरा सुनाउँछ । तर जुन परिस्थितिबाट गुज्रिरहेकी थिई अनिशा, उसलाई कन्भिन्स गर्न त्यति सजिलो थिएन अनुरागलाई ।
केहीबेर पछि :
दरबारमार्गको एउटा रेष्टुराँको टपमा उसले जसरी वाइनको गिलस उठाइ अनुरागले उसलाई यो हालतमा कहिल्यै देख्छु भन्ने कल्पनासम्म पनि गरेको थिएन । तर उसले अनुरागलाई वाइन अफर गरिन । अनुराग लेमन सोडा मात्रै अर्डर गर्छ । एक्कासी अनिशा क्लव जाउँ भन्न थाल्छे । उसको पीडालाई कम गर्न अनुरागले तुरुन्तै सहमति जनाउँदै दुवै क्लवतिर हुँइकन्छन् ।
अनिशाले त्यो साँझ ढुक्क भएर पिउने निधो गरेकी रहेछ । उ पुरै मानसिक रुपमा त्यसको तयारीका साथ रेष्टुरेन्ट छिरेकी थिइ । डिनर समय हुँदासम्म अनिशाको अनुहार पुरै गुलावी पनमा बदलिएको थियो । लाष्ट गिलास वाइनको भन्दै अनिशाले एउटा शेर भनि :
सफर में ऐसे कई मरहले भी आते हैं
हर एक मोड पे कुछ लोग छुट जाते हैं…..
आबिद अबिदका यी पक्तिंलाई बारम्बार गुनगुनाउँदै अनिशाले सम्बन्धका भत्किएका पर्खाललाई सधैंका लागि भत्काउने निधो गरी त्यो साँझ । जिन्दगीलाई पीजडाबाट आजाद भएको चरी झैं जिउने भन्दै नयाँ जिन्दगीको शुरुवात गरी ।
ये जानकर भी कि पत्थर हर एक हाथ मे है
जियाले लोग हैं शीशों के घर बनाते हैं…..
अनुरागले अबिदको अर्को पंक्ति भन्दासम्म अनिशा होटेलको स्विटमा मस्त निदाई सकेकी थिई । अनुराग घर फर्किन्छ ।
दुवै जना अबेर राती होटेल पुग्छन । अनि अनुराग घर फर्किन्छ,अनिशालाई होटेलको स्विटमा छाडेर ।
दिन भरी कुरा गर्दै जाँदा अनिशा सम्बन्धका पर्खाललाई नाघेर खुल्ला आकाशमा उड्न खोजेकी पाउँछ अनुराग । तर सामाजिक र पारिवारिक बन्धनले उसलाई यो सब छुट दिंदैनथ्यो । केही दिनका लागि काठमाडौं आएकी अनिशाले अब लण्डन नफर्किने कुरा गरिरहँदा अनुरागलाई सम्बन्धहरुका बारेमा फेरी थप केही खोज्न मन लागेन ।
जोन ग्रेको कृति मेन आर फ्रम मार्स वेमन आर फ्रम भेनस, ग्रे थोमसको स्कार्ड म्यारीज, एस जे स्कट र ब्यारी डेभनपोर्टको माइण्डफुल रिलेशनस ह्याबिट, डा. सुई जोनशनको होल्ड मि टाइड अमिर लेभिन र रचेप एस एफ हेलरको पुस्तक अट्याच्ड लगायतका केही पुस्तक र रिसर्च अनि आफ्नै वरपरका पात्रहरुको सम्बन्धका विषयमा प्रत्यक्ष पढेपछि धेरै सम्बन्धका बारेमा अनुरागले आफुसँग प्रश्न सोध्न छाडेको कुरा सुनाउँछ अनिशालाई ।
अनिशा : गुडमर्निङ अनुराग !!
(यो अर्को विहान थियो, पुरै परिचितताका साथ)
ह्वाट्सआप्सको म्यासेजले अनुरागको निन्द्रा भंग भयो ।
तुम्हे डबल शट स्प्रेसो अडर किया है ।
अनुराग केही बेरमा होटल पुग्छ, घरबाट ।
हिजो भन्दा आज अनिशा अलि खुशी देखिन्छे । अघिल्लो दिन अनुरागले दिएका केही थान पुस्तकमध्ये उसले कफि पिउँदै डा.सुई जोनशनको होल्ड मि टाइड पढ्दै थिई । फ्रेण्डली टाइड हग त उसले हिजो नै अनुरागसँग लिइसकेकी थिई ।
अनिशा, आइरिसका फूल खबै मन पराउँने केटी हो ।
उसले (झण्डै २ सय ५० जातिका) आइरिसका फूलहरुमध्ये साइबेरियन पर्पल आइरिस फेब्रुअरीमा खुबै मनमोहक लाग्छन् भन्थी ।
अनुराग थप्छ : जापानिज आइरिस भि बहुत अच्छे होते हैं ।
अनिशा पिज्जा अर्डर गर्छे ।
अनुराग नन भेज खाँदैन भन्ने अझैं याद रहेछ अनिशालाई । तुम तो भेज हो ना ?
अनुराग : हाँ ।
(पिज्जा खान पल्केका सबै, खासगरी नेपाली र अमेरीकाको भिसा खोज्नेलाई थाहा होस कि अमेरीकामा यही महिनाको ९ तारिक पिज्जा डे मनाउँछन भन्ने कुरा ।)
सिक्किमको चिसोमा हुर्केकी अनिशा सम्बन्धका तानाबुना बुन्दै लण्डनको कुलमा बनेका सम्बन्धका पर्खाल भत्काउँदै । त्यो पनि दिल्लीको गर्मी छल्न नयाँ सम्बन्ध जुड्ने आशामा काठमाडौंको सिरेटोमा फर्कने अनुरागसँग वाचा सहित फेब्रुअरीलाई स्वागत गर्दैै अनिशा फेरी दिल्ली उड्छे ।
यो पनि त सम्बन्ध हो, वेलकम माई डियर फेब्रुअरी । एक वर्षदेखि फेब्रुअरी सिजनको पर्खाइमा छन् मानिसहरु हातमा केही थान पुस्तक र कफीको प्याला लिएर ।
वेलकम माई डियर फेब्रुअरी वान्स अगेन !!