गायत्रीनगर डुब्याे, राप्ती उर्लियाे

नेपालगञ्ज – लगातारकाे वर्षाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० काे गायत्रीनगर डुवानमा परेकाे छ । टाेलमा पानी पसेपछि प्रहरीले डुवानमा परेकालाई उद्दार गर्दै अादर्श स्कुलमा राखेकाे छ ।

यता, रप्ती नदीकाे सतह ७ मिटर कटिसकेकाे छ । याे यसपालीकाे अधिक हाे । नदीकाे सतह बढिरहेकाले रातीसम्ममा ८ मिटर पुग्ने अाकलन गरिएकाे छ ।

राप्तीकाे सतह बढिरहदा डुडुवाकाे चाैफेरी गाउंमा पानी पस्न शुरु भएकाे छ ।

नदीकाे सतहले खतराकाे तह पार गरेपछि विहान प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, एसपी श्यामकृष्ण अधिकारीकाे टाेलीले तटीय क्षेत्रमा पुगेर फर्किएका छन् ।

नदीकाे बहाव बढ्दा राप्तीसाेनारी, डुडुवा र नरैनापुर गाउंपालिकाकाे दर्जन गाउँ डुवानमा पर्ने गर्दछन् ।

स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई अग्लाे ठाउंमा सुरक्षित रहन अनुराेध गरेकाे छ ।

भारतले एकतर्फी रुपमा बनाएकाे लक्ष्मणपुर ब्यारेक, कलकलवा तटबन्ध र सडकजस्ताे बांध बनाएपछि राप्तीकाे प्राकृतिक बहाव राेकिएर नेपाली भूमि डुवानमा पर्दै अाएकाे छ ।

यस‌ैबीच, लगातारकाे वर्षाले नेपालगञ्जका विधिन्न ठाउँ जलमग्न भएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !