एलबी क्षेत्री राखेप सदस्य मनोनित

नेपालगञ्ज – युवा तथा खेलकुद मन्त्रालयले बाँकेका एलबी क्षेत्री (लेखबहादुर क्षेत्री) लाई राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनित गरेको छ ।

असोज ११ गतेको मन्त्रीपरिषद्को निर्णयले क्षेत्रीलाई राखेप सदस्य मनोनित गरेको हो । नेपाली क्रिकेट टीमका पूर्वकप्तान क्षेत्री खेलकुदमा परिचित नाम मानिन्छ । विशेष गरेर क्रिकेटको विकासमा क्षेत्रीको योगदान अतुलनीय रहेको छ ।

कोहलपुर निवासी क्षेत्री क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ५ को अध्यक्ष रहेकै समयमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो । नेपालमा महिला क्रिकेटको उदय हुनुमा क्षेत्रीको ठूलो हात रहेको छ । क्षेत्री दुई पटक क्षेत्र नं. ५ को अध्यक्ष र दुई पटक क्यानको केन्दीय सदस्य भइसकेका छन् । कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नुमा पनि क्षेत्रीको योगदान रहेको छ ।

नेपाली क्रिकेट टीमको पहिलो उपकप्तान र दोस्रो कप्तान क्षेत्रीले ‘कप्तान १९९८’ नामक आत्मकथा प्रकाशन गरेका छन् । जसमा क्षेत्रीको क्रिकेट यात्रादेखि नेपाली क्रिकेटको विकासमा के गर्न सकिन्छ भन्ने मार्ग देखाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !