नरैनापुरमा दशैं मिलन कार्यक्रम

नरैनापुर – बाँकेको नरैनापुर गाँउपालिकाले बिहीबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताउनु भयो ।
हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धिसंगै आर्थिक शसक्तिकरणका लागि कदम उठाउन अत्यन्त आवश्यक रहेको खरालले जिकिर गर्नु भएको थियो ।

वडा नं. ४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देबी दुर्गा माताले हरेक महिलालाई शक्तिका साथै हरेक नागरिकको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिनु भएको थियो ।

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाई खुसी, उमंगका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस भन्नुभयो ।

जिन्सी शाखाका प्रमुख भरत महतोले दशै पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आदर्श मुल्य मान्यता सुशासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन भन्दै दशैको शुभकाना दिनु भएको थियो । शुभ कामना अदान प्रदान कार्यक्रमका नरैनापुर पालिका अन्तर्गत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !