प्रवक्तामा पुनः रिजाल, प्रेस सल्लाहकारमा गिरी
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले प्रमोद रिजाललाई पुनः प्रवक्ता तोकेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष रिजाललाई बुधबार बसेको कार्यपालिका बैठकले प्रवक्ता तोकेको हो । रिजाल यसअघि पनि प्रवक्ता थिए ।
बैठकले प्रेस सल्लाहकारमा नविन गिरीलाई चयन गरेको छ ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि बसेको पहिलो बैठकले यी लगायत विविध निर्णय गरेको छ ।