बाँके ३ बाट आरजुको नाम सिफारिस

नेपालगञ्ज – बाँके क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर, आरजु देउवा राणालगायतको नाम सिफारिस भएको छ ।

क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर सिफारिस गरिएको छ ।

प्रत्यक्षमा बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरेको नाम सिफारिस गरिएको छ । समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरिएको छ ।

बाँकेमा अन्य क्षेत्रले पनि नाम पठाउन थालेका छन् । क्षेत्रले सिफारिस गरी पठाएको नामका विषयमा जिल्लामा निर्णय गरेर प्रदेशमा पठाउने पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !