कोहलपुरमा बसपार्कको अतिक्रमण हटाउन खोज्दा तनाव

 

 

नेपालगञ्ज –  बाँकेको कोहलपुरमा बसपार्कमा रहेको अतिक्रमण हटाउन खोज्दा दिनभरी तनाव भएको छ ।

मेयर पूर्णप्रसाद आचार्य आफै डोजर लिएर अतिक्रमण हटाउन पुग्दा स्थानीयले चर्को विरोध गरेपछि तनाव भएको हो । न्यूरोडमा रहेका केही अतिक्रमण हटाएपछि टोली बसपार्क पुगेको थियो । बसपार्कमा पुग्ने वित्तिकै स्थानीयले डोजरमा ढुंगा हान्न शुरु गरेपछि झडपको स्थिति बनेको हो ।

मेयर आचार्य बसपार्कमै बसिरहेपछि टहरा सञ्चालकहरु तीजको गीत गाएर नाचिरहेका थिए । ठूलो संख्यामा रहेको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिइरहेको थियो । बसपार्कमा रहेका ७५ वटा टहरा भत्काउन मेयर आचार्यले अभियान थालेपछि अरु पार्टीले साथ नदिएको बुझिएको छ । मेयर आचार्यले प्रहरी प्रशासनले सहयोग नगर्दा अतिक्रमण हटाउन गाह्रो भएको बताउनुभयो ।

बसपार्कमा रहेको अतिक्रमण हटाउन अदालतले पनि आदेश दिइसकेको छ । सबै पार्टीको सहमतिमा केही दिनको म्याद दिएर अतिक्रमण हटाउनु पर्ने केहीको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !