बाँके क्षेत्र नं. २ मा खनालको उम्मेदवारी घोषणा

नेपालगञ्ज – बाँके क्षेत्र नं. २ बाट दिवाकर खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर खनालले नेपालगञ्ज समेटिएको क्षेत्र नं.२ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

हिन्दु राष्ट्र बनाउने मुख्य एजेन्डासहित खनालले उम्मेदवारी घोषणा गरे । २०५४ सालको निर्वाचनमा खनाल झिनो मत अन्तरले पराजित भएका थिए । सशस्त्र द्वन्द्वमा तत्कालिन माओवादीले आठ वटा गोली हानेपछि गम्भीर घाइते भएका खनालको अमेरिकामा उपचार भएको थियो । लगातार १४ वर्ष अमेरिकामा बसेर आएका खनालले अमेरिकी ग्रिनकार्ड त्यागेका छन् । हिन्दु राष्ट्र बनाउन र देशको सेवा गर्नका लागि आफूले अमेरिका कार्ड त्यागेको खनालको भनाई छ ।

खनालको उम्मेदवारी स्वतन्त्र हो । स्वतन्त्रबाट नै क्षेत्र नं. २ ‘क’ मा राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् । एउटै मञ्चबाट खनाल र रौनियारले उम्मेदवारी घोषणा गरेका हुन् । खनाल र रौनियार शिव सेनाका अगुवा मानिन्छन् ।


error: यो सुविधा उपलब्ध छैन !