यादव पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले लागु औषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालतले २०७८ फाल्गुन ५ गते लागु औषध मुद्दामा ७ वर्ष ६ महिना कैद र पन्ध्र हजार जरिवानाको फैसला गरिएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का सुवास यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यादवलाई जिल्ला अदालतसमक्ष बुझाएको छ ।
यसैबीच, प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, बाले गाउँबाट भारतबाट अवैध रुपमा ल्याइएका ८० वटा कुखुरा बरामद गरेको छ । प्रहरीले बरामद भएको कुुखुरालाई पशु क्वारेन्टाइन पठाएको छ ।