नेपालगन्जमा तीन हजार बढीले प्रशान्त अघि


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका प्रशान्त विष्टले तीन हजार बढीकाे अग्रता लिएका छन् ।
नेपालगन्जका सात वटा वडाकाे मत गणना सकिदा प्रशान्तले ६ हजार ६ ८७ मत ल्याएका छन् ।
एमालेका पशुपतिदयाल मिश्रले ३ हजार ५ सय ९३ र राप्रपाका नन्दलाल बैश्यले २ हजार ९ सय ५९ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनका कमरुद्दिन राईले ५ हजार ७ सय १६, एमालेका शान्ति ढकालले ३ हजार ४ सय ४९ र राप्रपाका विन्दु चर्तिमगरले ३ हजार ६ सय ७७ मत ल्याएका छन् ।
अहिलेसम्म १, २, ३, २०, २१, २२ र २३ वडाकाे मत गणना सकिएकाे छ ।
अहिले ४, ५ र १९ काे मत गणना भइरहेकाे छ ।
नेपालगन्जमा मत बदर बढी नै देखिएकाे छ । मेयरमा ४ हजार ४ सय ५७ र उपमेयरमा ३ हजार ३ सय ४५ मत बदर भएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !