उद्योगी व्यावसायीको समस्यामा गम्भीर छु : पौडेल

नेपालगञ्ज – नेपाली कांग्रेसका राप्तीसोनारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार तप्त पौडेलले उद्योगी व्यावसायीहरुको समस्या समाधानका लागि आफू निर्वाचित भएपछि पहल गर्ने बताउनुभएको छ ।

शमशेरगञ्जमा व्यावसायी तथा उद्योगीहरुसंगको घेटघाटका क्रममा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार पौडेल र उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुले यस बिषमया गम्भीर भएर काम गर्ने उद्घोष गर्नुभयो । सो क्रममा उद्योगी व्यावसायीहरुले शमशेरगञ्जको बजारको उचित व्यवस्थापन गर्न माग गर्दे चर्को करको समस्या समाधानका लागि अनुरोध गर्नुभएको थियो ।

उद्योगी तथा व्यापारीहरुले घरदैलोमा पुगेका उम्मेदवारहरुलाई बधाईको अग्रिम शुभकामना दिदै खादा, अबिर र फूलमालाले स्वागत र सम्मान समेत गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !