चुनाव जितेमा बैश्यले तलव भत्ता सामाजिक कार्यमा खर्च गर्ने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका राप्रपा पार्टीका तर्फबाट उम्मेदवारी दिएका नन्दलाल वैश्याले तलव भत्ता नलिने उद्घोष गरेका छन् । बैश्यले यो उद्घोषलाई प्रतिबद्धताको पहिलो नम्बरमा राखेका छन् ।

बैश्यले भन्नुभयो, मलाई कुनै किसिमको पैसाको मोह छैन । चुनाव जितेमा तलव भत्ता सामाजिक कार्यमा खर्च गर्छु ।

बैश्यले कोण सभा र भेटघाटलाई तीब्रता दिइरहेका छन् । वडा नं. १५ मा कोण सभा गर्दै बैश्यले पछाडी परेको ठाउँलाई विशेष फोकस गर्ने बताउनुभयो । वडा नंं १५ मा ईदगाह र सम्सानघाट निर्माण गर्ने प्रतिबद्धता गर्नुभयो ।

नन्दलाललाई जिताउनका लागि मेयर डा. धवलशमशेर राणाले दौडधुप गरिरहनु भएको छ । राणाले आफूले पाँच वर्षमा पूरा गर्न नसकेका कामलाई बैश्यले अगाडि बढाउनु बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !