जसपाले चार पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – बाँकेमा गठबन्धनबाट बाहिरिएको सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले चार वटा पालिकाको उम्मेदवार टुंगो लगाएको छ ।

जसपाका सचिव राजेन्द्र विकका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुंगो लागिसकेको छ । जसपाले नेपालगञ्जमा मेयरमा कमरुद्दिन राई र उपमेयरमा रमारानी बैश्य, डुडुवामा अध्यक्ष भण्डारीलाल यादव र उपाध्यक्षमा अतबुल खाँ, नरैनापुरमा अध्यक्ष मो. इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव र जानकीमा अध्यक्षमा राजीव बर्मालाई अगाडि सारेको छ । जानकीको उपाध्यक्षको टुंगो लागिसकेको छैन ।

यी चार वटा पालिकामा आफू बलियो रहेको भन्दै गठबन्धन गर्न नमानेको जसपाले अरु चार वटा पालिकामा स्थानीयस्तरमा गठबन्धन नभएमा उम्मेदवार उठाउने तयारी गरेको छ । जिल्ला सचिव विकले केही दिनमै बचेका चार वटा पालिकामा पनि उम्मेदवार तय हुने जानकारी दिनुभयो ।

२०७४ सालको चुनावमा फोरम (हाल जसपा) ले नरैनापुर गाउँपालिकामा चुनाव जितेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !