एमालेले पाँच पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।

एमाले नेताहरुका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ । नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार बनाइएको छ ।

कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ । यी पालिकाहरुमा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ । ६ गतेसम्म मिलेर नआए प्रदेश कमिटिमा सबैको नाम पठाउने तयारी भएको छ ।

२०७४ सालको चुनावमा एमालेले आठ वटामध्ये चार वटा पालिका जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ । अरुमा धेरैको नाम आएकाले छलफलको क्रममा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !