एनएमएलाई महिला क्रिकेटको उपाधी, प्लेयर अफ द म्याचलाई गणपतिको व्यक्तिगत नगद पुरस्कार
नेपालगञ्ज – एनएमएले अन्तर स्कुल मेयर तथा उपमेयर क्रिकेट प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधी जितेको छ ।
मंगलप्रसाद माविको मैदानमा एनएमएले होलिल्यान्डलाई १ विकेटले हरायो ।
टस जितेर ब्याटिङ गरेको होलिल्यान्डले १६.३ ओभरमा अलआउट हुँदा ९५ रन बनाएको थियो । होलिल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन् । एनएमएका अन्जली चौधरीले सर्वाधिक ४ विकेट र चमेली चौधरीले ३ विकेट लिइन् । जवाफमा एनएमले १७ ओभर २ बलमा जित हासिल गरेको थियो ।
वुमन अफ द फाइनल अन्जली चौधरीले सर्वाधिक ३८ रन, शोभा शाही र पबित्रा चन्दले समान ९ विकेट लिए । होलिल्यान्डका लागि मनिषा रानाले ३ विकेट दिक्षा पुरी र स्वतिका बजगाईले २–२ विकेट लिए ।
प्लेयर अफ द म्याचलाई नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले व्यक्तिगत रुपमा नगद पुरस्कार दिएका छन् । प्रतियोगितामा प्लेयर अफ द म्याचलाई पाँच सय रुपैया दिने गरिएको थियो । भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी कार्कीले त्यो पाँच सयको अलावा तीन हजार रुपैया व्यक्तिगत रुपमा दिएका छन् ।
यसैगरी पुरुषतर्फको खेलमा बुधबार आदर्श स्कुलले जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ ।
आदर्शले कोहलपुर क्रिकेट मैदानमा मोर्डन स्कुललाई ३ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको मोर्डनले १२.४ ओभरमा ६२ रन बनाएर अलआउट भयो ।
मोर्डनका हिक्मत साउदले ११ रन, बिपिन खनालले ९ रन बनाए । म्यान अफ द म्याच आदर्शका रोहित सुनारले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा १० रनमात्र खर्चेका थिए । नितेश न्यौपानेले २ विकेट हासिल गरे ।
जवाफमा आदर्शले १२.२ ओभरमा ७ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । आदर्शका अबिन थापाले ११ रन, दिपेश मगरले १३ रन बनाए । मोर्डनका बिपिन खनाल र निरपा शाहीले समान २ विकेट लिए ।