नौ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा नौ जनालाई कोरोना देखिएको छ ।
यहाँका तीन वटा ल्याबमा ६५ जनाको परीक्षण गर्दा नौ जनालाई कोरोना देखिएको हो । भेरी अस्पतालमा २२ जनाको परीक्षण गर्दा ७ जना र कोहलपुर मेडिकल कलेजमा ३६ जनाको परीक्षण गर्दा २ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा सक्रिय संक्रमित ३२ जना रहेका छन् । १४ जनाको अस्पतालमा उपचार भइरहेको छ । बुधबार दुई जना डिस्चार्ज भएका छन् ।