११ जना डिस्चार्ज, एक जना थप

नेपालगञ्ज – बाँकेमा शुक्रबार ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, तीन जना महिला र आठ जना पुरुष डिस्चार्ज भएका छन् ।
जिल्लामा शुक्रबार एक जना संक्रमित थपिएका छन् । ३८ जनाको परीक्षण गर्दा एक जनालाई संक्रमण देखिएको हो ।
भेरी अस्पतालमा १६ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको थियो । कोहलपुर मेडिकल कलेजमा २२ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । जिल्लामा सक्रिय संक्रमित ५७ जना रहेका छन् । १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !