३२ जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा ३२ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ७० जनाको परीक्षण गर्दा ३२ जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा २० मा ११, कोहलपुर मेडिकल कलेजमा ३५ मा १५ र बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको छ ।
बाँकेमा सक्रिय संक्रमित ६ सय ५१ जना रहेका छन् । अस्पतालमा दुई जना सिकिस्त, ४६ जना मध्यम विरामी रहेका छन् । बिहीबार ८६ जना डिस्चार्ज भएका छन् । भेरीमा बुधबार राती र बिहीबार विहान गरी दुई जना संक्रमितको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !