विराेध-जुलुश प्रदर्शन गर्न प्रशासनकाे अनुमति लिनु पर्ने

नेपालगन्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले जुलुश, प्रदर्शन, विराेधका कार्यक्रम गर्दा अनुमति लिनु पर्ने उर्दी जारी गरेकाे छ ।
असाेज १८ गतेकाे सर्वपक्षीय बैठककाे निर्णय भन्दै प्रशासनले अाज जारी गरेकाे सूचनामा पूर्वस्वीकृति वा अनुमति नलिई त्यस्ताे कार्यक्रम गरेमा त्यसबाट हुने क्षतिकाे जिम्मेवारी अायाेजकले लिनु पर्ने उल्लेख गरिएकाे छ ।
दुर्गामाताकाे मूर्ति बिसर्जनका क्रममा भएका केही विवादले जिल्लाकाे शान्ति सुरक्षामा असर पार्ने प्रयास भएपछि प्रशासनले पूर्वस्वीकृति लिएर विराेधका कार्यक्रम गर्न उर्दी जारी गरेकाे हाे । दुर्गामाताकाे मूर्ति बिसर्जनका क्रममा भएकाे विवादलाई लिएर असाेज १८ गते केही ठाउँमा ताेडफाेड र अागजनी भएपछि त्यसदिन साँझ ७ बजेदेखि प्रशासनले नेपालगन्जकाे वडा नम्बर १४, १५ र २३, डुडुवाकाे ६ र नरैनापुरकाे ५ नम्बर वडामा लगाएकाे निषेधाज्ञा अझै जारी रहेकाे छ ।











