नेपालगन्जलाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ ।
नेपालगन्जमा १६ देखि २३ महिना र १६ देखि ५९ महिनाका बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने खाेप लगाएपछि पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे हाे ।
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चाैधरी, उपप्रमुख सीता कार्की, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय, बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठलगायतले नेपालगन्जलाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरे ।
साे अवसरमा उनीहरुले पूर्णखाेप सुनिश्चितता तथा दिगाेपन हुनुमा स्वास्थ्यकर्मीकाे भूमिकाकाे प्रशंसा गरे ।
स्वास्थ्य महाशाखा प्रमुख चन्दका अनुसार, नेपालगन्जमा १५ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ५७ जनामध्ये ३ हजार १ सय ११ जनाले पूर्णखाेप प्राप्त गरेकाे र पछि घरधुरी सर्वेक्षण गरेर ड्रपअाउट भएका २ सय १८ जना र शून्य डाेजका २८ जना बालबालिकालाई समेटिएकाे छ ।
नेपालगन्ज २०७६ मा पूर्णखाेप घाेषणा भएकाे थियाे । प्रत्येक वर्ष दिगाेपना गर्दै लगिएकाे छ ।
बाँकेका अाठ पालिकामध्ये सात पालिका पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भइसकेका छन् । नरैनापुर गाउँपालिकालाई केही दिनमा पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरेपछि जिल्लालाई नै घाेषणा गर्ने स्वास्थ्य कार्यालय, बाँकेका निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए ।