पूर्व खेलाडी समाजले ब्याडमिन्टन र भलिबल प्रतियाेगिता गराउने


नेपालगन्ज – पूर्व खेलाडी समाज, बाँकेले नेपालगन्जमा ब्याडमिन्टन र भलिबल प्रतियाेगितन गर्ने भएकाे छ ।
समाजले नेपालगन्ज उपमहानगरपालिकाकाे सहयाेगमा अण्डर-१५ ब्याइज सिंगल र मेन्स डबल बी लेबल ब्याडमिन्टन तथा महिला र पुरुष भलिबल प्रतियाेगिता गर्ने जनाएकाे छ ।
समाजका कावा अध्यक्ष निजामुद्दिन सिद्दिकीका अनुसार, नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा जेष्ठ ९ र १० गते ब्याडमिन्टन तथा जेष्ठ १६ देखि १८ गतेसम्म भलिबल प्रतियाेगिता हुनेछ । ब्याडमिन्टन अण्डर – १५ मा प्रथमलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई दुई हजार पाँच सय रुपैयाँ पुरस्कार राखिएकाे छ । मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमश २० हजार, १० हजार र ५ हजार पुरस्कार राखिएकाे छ ।
भलिबलमा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राखिएकाे छ ।
भलिबलमा महिला र पुरुषकाे गरि २५ वटा टीम तथा ब्याडमिन्टनमा ७५ जना खेलाडी सहभागी हुने महासचिव जयन्त शर्माले बताए ।
बाँकेमा खेलकाे विकास गर्न यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकाे प्रतियाेगिता खेलिसकेका पूर्व खेलाडी एकजुट भएका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !