महेन्द्रमा स्ववियुकाे रिले अनसन


नेपालगन्ज – महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले रिले अनसन सुरु गरेकाे छ ।
क्याम्पसमा नियमित अध्यापनकाे माग राख्दै स्ववियुले आजदेखि रिले अनसन सुरु गरेकाे हाे ।
याे क्याम्पसमा अांशिक प्राध्यापककाे आन्दाेलनका कारण एक हप्तादेखि पढाइ अवरुद्ध रहेकाे छ । विभिन्न माग राखेर आंशिक प्राध्यापक एक महिनादेखि नै आन्दोलनमा रहेका छन् ।
स्ववियु सभापति केशरजंग शाहीले नियमित पठनपाठनका लागि क्याम्पस प्रशासनलाई दबाब दिन रिले अनसन सुरु गरेकाे बताए । उनले दुई दिन भित्र पढाइ सुरु नभए सशक्त अान्दाेलनमा उत्रिने चेतावनी दिएका छन् ।
पश्चिम नेपालकै पुरानाेमध्येकाे महेन्द्र यस क्षेत्रका विद्यार्थीकाे राेजाइमा पर्ने गरेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !