सरुवा भएका सिडिओलाई फेरि भेटाैला कार्यक्रम
नेपालगन्ज – बाँकेबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई कानुन संकायका स्नातक ब्याजी (२०५२-५५) ले फेरि भेटाैला कार्यक्रम गरेकाे छ ।
प्रजिअ रिजालका ब्याजी उच्च अदालत वार, नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला वारका अध्यक्ष मेहरसिंह खत्री, माइती नेपाल, नेपालगन्जका प्रमुख केशव काेइराला, विश्वजीत तिवारीलगायतले फेरि भेटाैला कार्यक्रम राखेेका हुन् । कार्यक्रममा सबैले प्रजिअ रिजालकाे ईमान्दारिताकाे प्रशंसा गर्दै अागामी कार्यकालकाे शुभकामना दिएका थिए ।
जादाजादै प्रजिअ रिजाललाई चाैतर्फी बिदाई गरिएकाे छ ।