पाँच हजार ट्याब्लेट लागु अाैषधी ट्रामाडाेलसहित भारतीय पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले पाँच हजार ट्याब्लेट लागु अाैषधी ट्रामाडाेलसहित तीन जनालाई पक्राउ गरेकाे छ ।
भारतबाट नेपाल अाइरहेकाे युपी ४० अार ७१४५ नम्बरकाे माेटरसाइकलमा सवार नेपालगन्ज-१६ का नफिस अहमद कबडिया, भारत घर भई नेपालगन्जमा बस्ने जियाउल शेष र सद्दाम सैयादलाई ट्रामाडाेलकाे पाँच हजार ट्याब्लेटसहित पक्राउ गरिएकाे हाे ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, भन्सारचाेकमा शंका लागेर जाँच गर्दा तिनै जनाकाे साथबाट पाँच/पाँच सयकाे पत्ता फेला परेकाे थियाे । उनीहरुकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !