नेपालगन्जमा बन्याे २८ कराेडबढीकाे सिटी हल
नेपालगन्ज – नेपालगन्जमा सुविधा सम्पन्न सिटी हल बनेकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४, भवानीयापुरमा २८ कराेडबढी लागतमा ७ सय ९५ सीट क्षमताकाे सिटी हल बनेकाे हाे । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिटी हलकाे उद्घाटन र हस्तान्तरण गरेका छन् ।
साे अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालगन्जमा क्रमिक रुपले विकास भइरहेकाे बताउंदै यस्ता संरचनाले शहरकाे शाेभा बढाउने बताए । सिटी हल शहरदेखि टाढा रहेकाले एकथरीले त्यसकाे भविष्यबारेमा चिन्ता गर्ने गरेका छन् ।
शहरी विकास मन्त्रालयका सचिव गाेपाल सिग्देलले सिटी हलकाे दीगाे सञ्चालन र मर्मत सम्भार चुनाैती रहेकाे उल्लेख गर्दै सरकारी कार्यक्रम अनिवार्य रुपमा सिटी हलमा गर्नुपर्ने बताए । सिटी हल अाज नै नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएकाे छ ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सांसद किशाेरसिंह राठाैर, दीपा शर्मा, प्रदेशमन्त्री अादेश अग्रवाल, नेपालगन्जका मेयर प्रशान्त विष्टलगायतले सिटी हलकाे सञ्चालन र दीगाे संरक्षणकाबारेमा बाेलेका थिए ।