१७ गतेदेखि काेहलपुरमा गाेल्डकप
नेपालगन्ज – काेहलपुर रेसिङ साहारा क्लवकाे अायाेजनामा फाल्गुन १७ गतेदेखि मुख्यमन्त्री काेहलपुर गाेल्डकप हुने भएकाे छ । गाेल्डकपकाे याे तेस्राे संस्करण हाे ।
८ लाख पुरस्कार राशीकाे प्रतियाेगितामा घाना र भारतकाे एक/एक सहित ८ वटा टीमकाे सहभागिता हुने प्रतियाेगिताका संयाेजक कर्णबहादुर बस्नेतले जानकारी दिए ।
काेहलपुरकाे तेह्र विगाहमा प्रतिगाेगिता हुनेछ । प्रतियाेगिता २४ गतेसम्म चल्ने छ ।
प्रतियाेगिताकाे कुल लागत ९१ लाख २६ हजार अाकलन गरिएकाे छ । प्रतियाेगितामा ए डिभिजन क्लवलाई सहभागी गराउने प्रयास भइरहेकाे क्लवका अध्यक्ष चक्रबहादुर चिमालाले बताए ।
प्रतियाेगिताका लागि काेहलपुर नगरपालिकाले २१ लाख दिने निर्णय गरेकाे छ । मुख्यमन्त्री कार्यालयबाट पुरस्कार राशीकाे रकम माग गरिएकाे छ । जिल्लाका सबै पालिकालाई सहयाेगका लागि पत्रचार गरिएकाे छ ।
प्रतियाेगिताकाे द्वितीयलाई ४ लाख, प्रतियाेगिताका उत्कृष्ट एक जनालाई ५१ हजार, विधागत उत्कृष्टलाई १०/१० हजार र प्रत्येक दिनकाे म्यान अफ द म्याचलाई ५ हजार दिने संयाेजक बस्नेतले बताए ।
काेहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, एन्फाका केन्द्रीय सदस्य एवं बांके जिल्ला फुटबल संघका अध्यक्ष भाेजराज शाहीलगायतले प्रतियाेगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबै जना लाग्नु पर्ने बताए ।
अाइतबार नै रेसिङकाे जर्सी सार्वजनिक गरिएकाे छ ।