बाँकेको ईगाउँमा न्यू दर्पण कप


नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, ईगाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर बुधबारदेखि  दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
ईगाउँस्थित मनकामना माविको खेल मैदानमा बिहान ११ बजे प्रतियोगिताको भव्य उद्घाटन गरिने क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक र उपाध्यक्ष मञ्जु मल्लले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ । प्रतियोगितामा बिभिन्न १४ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको उपाध्यक्ष गोविन्द खत्रीले बताउनुभयो । कोषाध्यक्ष देबबहादुर बिसीका अनुसार प्रतियोगितामा प्रथमलाई नगद एक लाख ११ हजार १११ र दोश्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ । उद्घाटन खेल आयोजक दर्पण बी र जिल्ला प्रहरी कार्यालयबीच हुनेछ ।  सचिव भोला मल्लका अनुसार गत बर्षदेखि भव्यरुपमा दर्पण कप आयोजना हुन थालेको हो । प्रतियोगिताको फाइनल फागुन १७ गते हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !