रमेश र टेकलाई प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टनकाे उपाधी


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बाेझीमा अायाेजना गरिएकाे प्रथम अान्तरिक भेट्रान ब्याडमिन्टन प्रतियाेगिताकाे उपाधी रमेश श्रेष्ठ र टेकबहादुर गुरुङले जितेका छन् । खुल्लातर्फ कमल देवकाेटा र अजबहादुर शाहीकाे जाेडी प्रथम भएकाे छ ।
धम्बाेझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रले अायाेजना गरेकाे ५० वर्षमाथिकाे भेट्रान प्रतियाेगितामा रमेश र टेककाे जाेडीले किशाेर अाचार्य र ऋषिजंग शाहकाे जाेडीलाई २१-११, २१-१२ अंककाे साेझाे सेटमा पराजित गर्दै उपाधी जितेकाे हाे । उपाधीसंगै रमेश र टेककाे जाेडी ७ हजार रुपैया पुरस्कार पाएकाे छ । द्वितीय भएकाे किशाेर र ऋषिजंगकाे जाेडीले ५ हजार पाएकाे छ । भेट्रानमा जनार्दनरत्न मल्ल र अर्जुन खड्का तथा भाेलानाथ सिटाैला र अर्जुन रानाकाे जाेडी तृतीय हुँदै दुई/दुई हजार पाएकाे छ ।
खुल्लातर्फ कमल र अजबहादुरकाे जाेडीले पवन चाैधरी र बुद्विलाल श्रेष्ठकाे जाेडीलाई २-१ काे सेटमा पराजित गर्दै ७ हजारकाे उपाधी जितेकाे छ ।
पहिलाे सेट २१-१२ अंकले जितेकाे कमल र अजबहादुर दाेस्राे सेटमा २१-१२ मै पराजित भएकाे थियाे । तेस्राे सेट २१-१३ ले जित्दै कमल र अजबहादुर प्रथम भयाे । द्वितीय भएकाे पवन र बुद्विलालले ५ हजार पुरस्कार पाए । खुल्लामा सन्दीप चाैधरी र मनु गुप्ता तथा सन्ताेष शाही र मदनराज उपाध्यक्षकाे जाेडी तृतीय भयाे । तृतीयले दुई हजार पुरस्कार पाए ।
प्रतियाेगिताका विजेताहरुलाई नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, एसपी तुलबहादुर कार्की, वडा नम्बर १ का अध्यक्ष प्रमाेद रिजाललगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियाेगिताकाे फाइनल अघि मेयर विष्ट र वडाध्यक्ष रिजाल तथा प्रमुख जिल्ला अधिकारी रिजाल र एसपी कार्कीकाे जाेडीले मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा प्रजिअ र एसपीकाे जाेडी विजयी भयाे ।
केन्द्रका अध्यक्ष जनार्दनरत्न मल्लका अनुसार, ५० वर्षमाथिकाे भेट्रानमा २० र खुल्लामा २६ टीमकाे सहभागिता रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !