जापान पठाइदिने भन्दै १ कराेड २३ लाख ठग्ने पक्राउ


नेपालगन्ज – बांके बैजनाथ गाउंपालिका वडा नम्बर ५ कि २३ वर्षीया तिर्सना बाठामगरलाई प्रहरीले पक्राउ गरेकाे छ ।
विभिन्न मितिमा विभिन्न व्यक्तिलाई बैदेशिक राेजगारमा जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १४/१५ लाख रुपैया उठाएर सम्पर्कबिहीन भएकाे भन्दै परेकाे उजुरीलाई अाधार मानेर प्रहरीले तिर्सनालाई पक्राउ गरेकाे हाे ।
बांके प्रहरी प्रवक्ता डीएसपी अायुश जाेशीले बैदेशिक राेजगार विभागमा उजुरी परेकाे र पक्राउ अादेश अाएकाले तिर्सनालाई पक्राउ गरिएकाे जानकारी दिए ।
उनले जापानमा वर्किङ भिसामा पठाइदिने भन्दै रकम असुलेकाे अाराेप रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !