प्रधानमन्त्रीकाे भनाईले आशंका उब्जायाे – नेता साउद
नेपालगन्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले प्रधानमन्त्री केपी शर्मा अाेलीले २०८७ मा संविधान संशाेधन हुन्छ भन्ने भनाईले अाशंका उब्जाएकाे बताएका छन् ।
प्रेस युनियन, बांकेले अाज नेपालगन्जमा अायाेजना गरेकाे पत्रकार भेटघाटमा बाेल्दै नेता साउदले सरकार बन्दा बनेकाे ७ बुंदेमा सहमतिमा संविधानका कमीकमजाेरीलाई संशाेधन गरेर अघि बढ्ने उल्लेख भएकाले प्रधानमन्त्रीकाे पछिल्लाे अभिव्यक्तिले अाशंका उब्जाएकाे बताए । उनले प्रधानमन्त्रीले अाफ्नाे भनाईलाई स्पष्ट पार्नुपर्ने बताए । साउदले साना ठूला सबै दलकाे सहमतिमा संविधानका कमीकमजाेरीलाई हटाएर जानु पर्नेमा जाेड दिए ।
एक प्रश्नमा साउदले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकाे बताए । उनले अहिले पनि प्रहरी प्रशासन, मालपाेत, यातायात कार्यालयमा बदलाव अाउन नसकेकाे टिप्पणी गरे ।
केन्द्रीय सदस्यहरु डा. डिला संग्राैला, अब्दुल सतार, चम्पा खड्कासहित नेपालगन्ज अाइपुगेका साउदले सरकारकाे काम गराईकाबारेमा अामनागरिककाे धारणा बुझ्न विभिन्न जिल्लाकाे भ्रमणमा निस्केकाे जानकारी दिए । बर्दिया जिल्लामा पुगेर नेपालगन्ज अाएकाे टाेलीले दिउंसाे पार्टीमा अन्तरक्रिया गर्दैछ ।