गोपाल-नीना फाउण्डेसनमा ५१ जनाले रक्तदान गरे

नेपालगन्ज- गोपाल–नीना फाउण्डेशन, नेपालगन्ज र जनमत अर्ध साप्ताहिकले “वृहद् रक्तदान कार्यक्रम’ गरेकाे छ ।
बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं : जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६३ औं श्रृङ्खलामा सम्पन्न गरिएकाे हाे । उक्त कार्यक्रम पाँच जना महिलासहित ५१ जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले जानकारी दिनु भयो ।
फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र वरिष्ठ चिकित्सक डा. विनोद कुमार थापाले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिकलाई रगत संकलन गर्ने पाकेट हस्तारण गरी शुभारम्भ गरिएको उक्त रक्तदानका कार्यक्रममा सहभागी हुने रक्तदातामा स्वयंसेवी नियमित रक्तदाता, स्वास्थ्यकर्मी, चिकित्सक, पत्रकार, औषधी वितरक प्रतिनिधि लगायत थिए ।
गोपाल–नीना फाउण्डेशन, नेपालगन्जको कार्यालय स्थानीय गणेशमान चोकमा आयोजित उक्त रक्तदान कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष लवराज खरेल, नेपालगन्ज एकीकृत भन्सार कार्यालयका प्रमुख करुणा चौधरी, नेपालगन्ज उपमहानगरपालिका वाडा नं. १० का स्वास्थ्य शाखा प्रमुख भागीराम चौधरी, नेपालगन्ज साइकल क्लवका अध्यक्ष प्रदीप सापकोटा, अन्नपूर्ण पोष्ट दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, नियमित रक्तदाताहरु निरजमान श्रेष्ठ, खम्ब प्रसाद पुन, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, विनोद कुमार वैश्य, साहित्यकार अस्फाक संघर्ष, प्रहलाद विश्वकर्मा, मधु बोगटीले रक्तदान गर्नु भयो ।
यस्तै खजुरा क्यान्सर अस्पतालका डा. प्रभात बस्नेत, स्वास्थ्यकर्मीहरु टिकाराम खनाल, धर्मेन्द्र सिंह, दिनेश कुमार वर्मा, निखिल जायसवाल, अनुप आर्य, अनुप सुवेदी, सुवोध जोशी, निगम साहनी, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी, रुस्तम अली दर्जी, सविता चौधरी, वीरेन्द्र प्रसाद शाह, जंगली प्रसाद कोरी (जेवि), नेरेसोका प्राविधिकद्वय होमराज गिरि र सुनिल रत्गैया, रुपईडिहाका मेहवूद अहमद, राजेन्द्र डगौरा, मोहम्मद चाँद इद्रीसी, अमरेश कुमार कर्ण, कुशुम दुगड, रोहित चौधरी, प्रकाश चौधरी, टिका गुरुङ, प्रिन्स चौधरी, जानकी –५ का पूर्व वडा अध्यक्ष रमेश कुमार वर्मा, धर्मेन्द्र कुमार वर्मा, राजितराम अहिर, गौतम प्रसाद पौडेल, मुद्रण व्यवसायी ज्योतिलाल भण्डारी, रोशन गहतराज, रक्तदान गरेका थिए ।
सो अवसरमा फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज, समन्वयकारी भूमिका निर्वाह गर्ने हेल्थ याद आयो, नेरेसो प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्ज तथा रक्तदाताहरुलाई प्रशंसा पत्र र टिशर्ट प्रदान गर्नु भएको थियो ।
सो रक्तदान कार्यक्रममा डा. विनोद कुमार थापा, जनमत अर्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डे, दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मान बहादुर केसी निशान, सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल, कोषाध्यक्ष मनमोहन वर्मा, नेपालगन्ज म्याराधानका संस्थापक टि.एस. ठकुरी, लगायत करीब एक सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, हिमाँशु मौर्या, महेश राना क्षेत्री, अवेश रावत, उब्जना कार्की, केशर सिंह डाँगी, वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।
त्यसैगरि फाउण्डेसनका लोकनाथ शर्मा, प्रतिभा पौडेल, पुष्पा भुसाल, युवराज सिंह, सवनम बुढा, करुणा ओली, रोसनी राना मगर, किरण गुरुङ लगायतका स्वयम्सेवीहरुले सक्रिय सहयोग गरेका थिए ।
उक्त कार्यक्रमका लागि विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अर्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप)ले समन्वय र सहकार्य गरेको फाउण्डेसनका अधिकृत विपुल वर्माले जानकारी दिनु भयो ।
गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिनु भएको जानकारी अनुसार विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको गैर नाफामूलक संस्था गोपाल नीना फाउण्डेसनले यसअघि असोज १२ गते पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो भने राष्ट्रिय बाल दिवसको अवसरमा स्थानीय नीलसागर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई मसलन्द वितरण तथा आश्रितहरुका लागि दिवा भोजन उपलब्ध गराएको थियो । गत महिना नेपालगन्ज एकीकृत भन्सार कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !