तेस्रो दिन ३० लाख दान
नेपालगन्ज – नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तेस्राे दिन ३० लाख बढी दान प्राप्त भएकाे छ ।
वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको तेस्रो दिनमा ३० लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिए ।
पण्डित पोखरेलको प्रवचनका बीचमा उनको संगीत मण्डलीले विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट तालिका गड्गडाहटले स्वागत र सम्मान गरेका थिए ।
आर्थिक समितिले दिएको जानकारी अनुसार आजको कथा प्रवचनका बीच कोहलपुरकी खुमा अर्यालले १० लाख ११ हजार रुपैयाँ र नेपालगन्ज-१२ की सुशीला शर्माले ५ लाख ५ हजार दान गरेकी छन् । रुपन्देहीको बुटवल स्थायी घर रहेका नेपालगन्जका प्रसिद्ध चिकित्सक डा. रमेशकुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगन्ज-९ का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज-१० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १११ रुपैयाँ, नेपालगन्ज – ६ की निरु रेग्मीबाट १ लाख ११५ रुपैयाँ दान भएकाे छ ।
वैकुण्ठधामको निर्माणमा आफ्नो सहभागिता जनाउँदै नेपालगन्ज घर भएर हाल बेलायतमा रहेकी प्रान्जली बस्नेतबाट १ लाख १ हजार, नेपालगन्जका पुराना अधिवक्ता गिरिवर अग्रवालबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज घर भइ हाल बेलायत बस्दै आएकी करुणा शाहीले ३५ हजार १०० रुपैयाँ, जेष्ठ नागरिक सञ्जालबाट २५ हजार ५५५ रुपैयाँ, कन्हैयालाल टण्डनबाट २५ हजार रुपैयाँ, नेपालगन्ज- १८ का पूर्णदेव गिरीबाट २५ हजार रुपैयाँ र नेपालगन्जका खत थापाबाट २५ हजार १०० रुपैयाँ दान भएकाे आर्थिक संयोजक श्रेष्ठले बताए । आजैमात्र तुलादानबाट २१ हजार र ब्रतबन्धबाट १० हजार २०० आम्दानी भएको छ ।
सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।