दाेस्राे दिन ३२ लाख दान


नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा भइरहेकाे वैकुण्ठधाम आध्यात्मिक महोत्सवको दोस्रो दिन भक्तजनको उपस्थिति देखिएको छ ।वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्सवको दोस्रो दिन ३२ लाख बढी आर्थिक संकलन भएको आर्थिक संयोजक कृष्णप्रसद श्रेष्ठले जानकारी दिनुभयो । आजपनि पण्डित पोखरेलको प्रवचनका बीचमा उहाँको संगीत मण्डलीबाट विभिन्न आलङ्कारिक नाट्य प्रदर्शन गरेकोे थियो ।

आर्थिक संयोजक श्रेष्ठका अनुसार, आजको कथा प्रवचनका बीच लामो समयदेखि नर्सिङ पेशमा आवद्ध सिनियर नर्स कोहलपुर-११ की स्थानीय रम्भा शर्माबाट अहिले सम्मकै सर्वाधिक १५ लाख ११ हजार रुपैयाँ वैकुण्ठधामका लागि प्रदान गर्नु भएको छ भने आजै नेपालगन्जमा पुराना चिकित्सक डा. केदारनाथ अग्रवालबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज-१ की समाजसेवी लक्ष्मी खड्का कार्कीबाट ५ लाख १ हजार १०१ रुपैयाँ वैकुण्ठधाम निर्माणका लागि प्रदान गर्नु भएको छ ।

त्यसैगरि आजै वैकुण्ठधाम आध्यात्मिक महाेत्सवमा दाङ घोराहीका डा. किर्तीपाल सुबेदीबाट २ लाख २२ हजार २२२ रुपैया, कोहलपुर-१४ का पेट्रोलियम व्यवसायी टि.पी. न्यौपानेबाट १ लाख ५१ हजार १५१ रुपैयाँ, नेपालगन्ज-१८ का राजनीतिकर्मी तथा व्यवसायी गोपालप्रसाद अधिकारीबाट १ लाख ११ हजार १११ रुपैयाँ, नेपालगन्ज-१२ का उद्यमी संजिव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ प्रदान गर्नु भएको श्रेष्ठले जानकारी दिनुभयो ।

आजको यज्ञमा खजुरा-४ का उद्यमी उत्तमराज घिमिरेबाट ५१ हजार रुपैयाँ, नेपालगन्ज-२ का दयाराम पाण्डेबाट ३१ हजार ५५० रुपैयाँ र नेपालगन्ज-२ कै नारायणप्रसाद पाण्डेबाट ३१ हजार ५५१ रुपैयाँ प्रदान गर्नु भएको छ ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मूल समितिका कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !