मानवीलाई ड्रिमलिंक फुटसलको उपाधी


नेपालगन्ज – विजया दशमीको अवसरमा नेपालगन्जमा आयोजना गरिएको ड्रिमलिंक फुटसल कपको उपाधी मानवी एफसीले जितेको छ ।
आयोजक टीम ड्रिमलिंक एजुकेशन नेटवर्कलाई ३–१ गोलले पराजित गर्दै मानवीले उपाधी जितेको हो । उपाधी जितेसँगै मानवीका खेलाडीले ५० हजार रुपैया, ट्रफी र मेडल पाएका छन् । दोस्रो भएको ड्रिमलिंकले २५ हजार पाएको छ ।


२४ वटा टीमको सहभागिता रहेको प्रतियोगिताको उच्च गोलकर्ता ड्रिमलिंकका निखिल तामाङ र उत्कृष्ट गोलरक्षकको पुरस्कार मानवीका गोकर्ण पुनमगरले पाएका छन् । रोयल नेपालगन्ज फुटबल क्लव र ड्रिमलिंक एजुकेशन नेटवर्कले मिलेर प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिताको विजेता, उपविजेता टीम र खेलाडीलाई रोयल नेपालगन्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, उपाध्यक्ष सविन घिमिरे, कोषाध्यक्ष अमृत श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !