खगेन्द्र गिरि काेपिलालाई ‘प्रेमप्रकाश मल्ल स्मृति पुरस्कार’


नेपालगन्ज – नेपालगन्जका सुप्रसिद्ध साहित्यकार, गजलकार, गायक, संगीतकार तथा गीतकार स्व. प्रेमप्रकाश मल्लको नाममा स्थापना गरिएको यस वर्षको पुरस्कार चर्चित गजलकार खगेन्द्र गिरि “कोपिला”लाई प्रदान गरिएको छ ।

भेरी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार “कोपिला”लाई प्रदान गरिएको हो । पुरस्कृत साहित्यकार “कोपिला”लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् ।
प्रेमप्रकाश मल्लको ८९ औं जन्मजयन्तिको अवसर पारेर आयोजना गरिएको सो समारोहमा भेरी साहित्य समाजद्वारा प्रकाशित बाँके शताब्दी साहित्य ग्रन्थ प्रकाशनमा सहयोग गर्ने स्थानीय निकाय तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रेग्मीले मोफसलका सर्जकहरु विभेदमा परेको उल्लेख गर्दै मल्लका गीत राष्ट्रियस्तरमा पनि लोकप्रिय रहेको चर्चा गर्दै पुरस्कृत व्यक्तित्व कोपिलालाई गरिएको छनौट एकदमै उपयुक्त भएको धारणा राख्नु भयो ।
कार्यक्रममा प्रतिभा छनौट समितिका सदस्य समाजका सल्लाहकार वरिष्ठ पत्रकार पूर्णलाल चुकेले साहित्यकार “कोपिला”लाई पुरस्कारका लागि छनौट गरिएका आधारहरुका बारेमा स्पष्ट पार्दै उहाँको साहित्यिक व्यक्तित्व र योगदानको बारेमा चर्चा गर्नु भयो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँके जिल्लामा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा गरिने अभियानमा प्रशासनिक तौरमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, पुरस्कृत श्रष्टा खगेन्द्र गिरि “कोपिला”, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.–१ का वडाध्यक्ष प्रमोद रिजाल, समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजाललगायतले स्वर्गीय प्रेमप्रकाश मल्ल मधुकरको व्यक्तित्व, कृतित्व र योगदानको बारेमा प्रकाश पार्नु भएको थियोे ।
यस्तै पुरस्कार कोषका संस्थापकका तर्फबाट स्व. मधुकरकी जेष्ठ सुपुत्री वाणीश्री मल्लले साहित्यको उन्नयनका लागि बुवाको योगदानलाई जीवन्त राख्न आव्हान गर्नु भयो ।
समाजका निवर्तमान अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले पुरस्कारको अक्षय कोषमा अहिले ५ लाख भन्दा बढी पुर्याइएको र मुद्दतिमा राखिएको उक्त रकमको व्याजबाट पुरस्कार र अन्य व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
सो कार्यक्रममा समाजका सदस्य मीना बरालले पुरस्कृत व्यक्तित्व कोपिलाको कृतित्व, साहित्यिक व्यक्तित्व तथा योगदानका बारेमा विस्तृत प्रकाश पार्नु भएको थियो ।
भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका महासचिव गीता अर्यालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा बाँके शाताब्दी प्रकाशन गर्नमा सहयोग गर्नेहरुमा नेपालगन्ज उप–महानगरपालिका वाडृ नं.–१ क वडाध्यक्ष प्रमोद रिजाल, वडा नं.–२० का वडाध्यक्ष कौशलकुमार धोबी, कपिन्द्रराज सिग्देल, भेरी साहित्य समाज दैलेखका अध्यक्ष चन्द्र रावत, कृष्णसार विद्या निकेतन बढैयातालका नृपेन्द्र जिसी, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको वीच वीचमा विभिन्न स्रष्टाहरूले रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरुमा ब्रम्हाकुमारी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जका ब्रम्हाकुमार कृष्ण बहादुर रानाभाट, नरेन्द्र स्वाँर, नमिता बराल, देवकी निरौला, सर्वदा साहित्य संगमका सचिव भिम प्रज्वल, वरिष्ठ कलाकार सुन्दर गुरुङ्गले प्रेमप्रकाश मल्ल मधुकरको गीत मनको बिलौना गाउनु भएको थियो ।
कार्यक्रममा प्रा. डा.जनार्दन आचार्य, जाजरकोटका पूर्व संघीय साँसद् कृष्णबहादुर शाही, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष कपिल अन्जान, उपाध्यक्ष सुमित्रा न्यौपाने, लेकप्रसाद प्याकुरेल, कृष्णमुरारी प्रसाद भट्ट, प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, प्रलेस बाँकेका पुष्पमणि प्रधान, भेरी साहित्य समाज केन्द्रिय समितिका सल्लाहकार विष्णुलाल कुमाल, शिक्षाविद् किरण आचार्य, सहप्राध्यापक कमान सिंह बोहरा, वरिष्ठ साहित्यकार गणेश जिसी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, साहित्यकार चरित्रा शाह, चन्दावती अधिकारी इन्दिरा गौतम, स्पर्श अधिकारी, कोपिला अधिकारी संग्रौला, प्रवेश शाह (आमोद), कल्पना पौडेल जिज्ञाशु, ज्ञनोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, बद्री ढकाल, लक्ष्मी बस्याल, अनु राना, बालकृष्ण शर्मा, दिपेन्द्र शाही, प्रकाश गिरी, शाश्वत शान्तम, नवराज भट्ट, कपन्दि सिग्देल, राजु वर्मा, श्यामनाथ योगी, गणेश रिजाल, प्रेमबहादुर बिक, तारा रोकाया, टंक सिंह ठकुरी, राजकुमार थारु, भोजराज नादिर, नृपेन्द्र जिसी, खडक बहादुर बोहरा, पुष्पा सुवेदी, कविराज रेग्मी, समाजसेवी जेके सिंह, जीवन शाही, सुनगाभा पोखरेल लगायतकाे सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !