धारिलाे हतियार प्रहारबाट मृत्यु


नेपालगन्ज – नेपालगन्जमा धारिलाे हतियार प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ ।
गएराती नेपालगन्जकाे टांगा स्टेशननजिक दुई समूहकाे बीचमा भएकाे झगडामा धारिलाे हतियार प्रहारबाट घाइते भएका इरसाद कबाडियाकाे मृत्यु भएकाे बांके प्रहरीले बताएकाे छ । कबाडियाकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीका अनुसार, दुई समूहकाे झगडा मिलाउन गएका कबाडियालाई चाेट लागेकाे थियाे । उनकाे भेरी अस्तालमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
प्रहरीले झगडालु टाेलीकाे खाेजी गरिरहेकाे जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !