३८ लाखकाे कपडा बरामद

नेपालगन्ज – बाँके प्रहरीले नेपालगञ्जको न्यूरोडमा रहेको एक घरमा छापामा मारेर लाखाैकाे सामान बरामद गरेकाे छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोड भानुभक्त चोकमा रहेको सोनी गुप्ताको घरमा प्रहरीले छापा मारेर  कपडा बरामद गरेकाे हाे । भन्सार छलेर ल्याएको कपडा भण्डारण गरिएको सूचनाका आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार,  ३४ लाख १९ हजार २ सय रुपैया बराबरको ४ हजार २७४ पिस कुर्ता शुरुवात र ४ लाख २० हजार रुपैया बराबरको ४८० पिस साडी बरामद गरिएको छ ।

३८ लाख ३९ हजार २ सय रुपैया बराबर रहेको सो लत्ता कपडालाई प्रहरीले आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !