४९ जिल्लामा गरीवको पहिचान : मन्त्री


नेपालगन्ज – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरीवको पहिचान गरिरहेको बताएका छन् ।
नेपालगन्जमा पार्टीका कार्यकर्तासँग कुरा गर्दै मन्त्री अधिकारीले ४९ वटा जिल्लामा गरीवको तथ्यांक निकालिसकेको जानकारी दिए । उनले अरु जिल्लामा काम भइरहेको बताए । सबै जिल्लाबाट गरीवको तथ्यांक आइसकेपछि योजना बनाएर अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो ।
मन्त्री अधिकारीले सहकारीहरुमा देखिएको समस्यालाई समाधान गर्न सरकार लागि परेको बताउदै अहिलेसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । सहकारीका बचतकर्ताको रकम सुरक्षित गर्न सरकारले काम गरिरहेको उनको भनाई थियो ।
मन्त्री अधिकारीले भूमि आयोगलाई जीवित बनाएर ५ लाखलाई लालपूर्जा बाँड्ने जानकारी दिए । उनले अन्तर मन्त्रालय समन्वयका लागि एकीकृत ऐन बनाएर अघि बढ्ने बताए ।
घरायसी कामले बर्दिया जान थालेका मन्त्री नेपालगन्जको पार्टी कार्यालयमा आएका थिए । उनलाई पार्टी अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराईलगायतले स्वागत गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !