सडकमा शव, राजमार्ग बन्द


नेपालगन्ज – पूर्वपश्चिम राजमार्गअन्तर्गत बांकेकाे ढकेरीमा गएराती टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका छन् ।
काेहलपुरबाट पूर्व जाँदै गरेकाे भे १ ख ३०९९ नम्बरकाे टिप्परले भे १० प १४१३ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालक लाेकेन्द्र विष्टकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । घटनालगत्तै स्थानीयले राजमार्ग बन्द गरेकाे थिए । अाक्राेशित भिडले टिप्पर जलाइ दिएका छन् ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले टिप्परका मालिकलाई ईलाका प्रहरी कार्यालय, काेहलपुरमा ल्याइएकाे र पीडित पक्षसंग वार्ताकाे प्रयास भइरहेकाे जानकारी दिए । चालक भने फरार रहेका छ्न् । प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ ।
घटना गएराती साढे ९ बजे राप्तीसाेनारी गाउंपालिका वडा नम्बर ९, ढकेरीमा भएकाे थियाे । मृतक विष्ट राप्तीसाेनारी गाउंपालिका वडा नम्बर ८ निवासी हुन् ।


error: यो सुविधा उपलब्ध छैन !