वडाध्यक्षलाई कारबाही माग गर्दै नगरका कर्मचारी प्रशासनमा


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी आन्दोलिन भएका छन् । वडा नं. ५ का वडाध्यक्ष सराफत हुसेन शेषले उपमहानगरपालिका कार्यालयमा आएर कर्मचारीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरु काम छोडेर जिल्ला प्रशासन कार्यालय पुगेका छन् । प्रमुख जिल्ला अधिकारीलाई भेटेर वडाध्यक्ष शेषलाई कारबाहीको माग राख्न कर्मचारीहरु प्रशासन कार्यालय पुगेका हुन् ।
कर्मचारीको आन्दोलनका कारण नेपालगञ्ज उपमहानगरपालिका र वडाहरुमा कामकाज रोकिएको छ । वडाध्यक्ष शेषले कर्मचारीले समयमा काम नगरेको र उपमहानगरपालिकामा आउदा झुलाउने काम भएको बताएका छन् । यता कर्मचारीहरुले वडाध्यक्ष शेषले कार्यालयमा आएर कर्मचारीलाई जथाभावी बोलेको, मेयर र उपमेयरलाई समेत दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले वडाध्यक्षलाई कारबाहीको माग राख्दै कर्मचारीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेको बताउनुभयो । उहाँले कर्मचारीसँग एक्यबद्धता जनाउन मेयर र उपमेयर पनि आइरहेको जानकारी दिनुभयो ।
घटना मंगलबारको थियो । वडाध्यक्षको विरोधमा कर्मचारीहरुले हिजो नै विज्ञप्ती निकालेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !